खरिखोलामा नि:शुल्क दन्त शिबिर सम्पन्न,२ सय ४ जनाले लिए सेवा

लाक्पा ग्याल्जेन शेर्पा

सोलुखुम्बु , १९ मंसिर । खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं १ खरिखोलामा ४ दिने नि:शुल्क दन्त शिबिर सम्पन्न भएको छ ।
हार्टबिट, एभरेस्ट अवाइकिङ र आईएम ट्रेकिङको सहकार्यमा आयोजना गरिएको दन्त शिविर खरीखोला सामुदायिक अस्पतालको प्राङ्गणमा आइतबार सम्पन्न भएको हो।शिविरमा पहिलो दिन ३७ जना, दोस्रो दिन ६७ जना, तेस्रो दिन ४५ जना र चौथो दिन ५७ जना गरी जम्मा २०४ जनाले दाँतको उपचार गराएको बताइएको छ। जसमध्ये महिला १०७ जना र पुरुष ९७ जना रहेको हार्टबिट संस्थाकी प्रतिनिधि रोशनी गोलेले तामाङ्गले जानकारी दिइन ।
दन्त शिविरमा खरिखोला, बुप्सा, थाम्डाडा, पैया, छेउबास र बुम्बुरी लगायतका स्थानीयले सेवा लिएका थिए।

