सहिद तथा बेपत्ता र घाइते अपांगको सम्मान गरौं– अरुण घिसिङ



बनेपा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काभ्रेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम काभ्रे जिल्लाको बनेपा स्थित बनेपा भिलेज रिसोर्टमा हिजो सम्पन्न भएको छ ।
जिल्ला स्थित १३ वटा स्थानीय निकायबाट ब्यापक सहभागीता रहेको उक्त भेला तथा प्रशिक्षण कार्यक्रम बनेपा गोतामचोकबाट भव्य र्‍यालका साथ बनेपा भिलेज रिसोेर्टमा पुुगि भेलामा परिणत भएको थियो । भेला तथा प्रशिक्षण कार्यक्रमललाई संबोधन गर्दै नेकपा (माओवादी केन्द्र) केन्द्रीय अध्यक्ष एवम् पूर्व सभासद कर्णजित बुढाथोकी सुशीलले माओेवादीका पूर्व नेताहरु प्रचण्ड र बाबुराम भट्टराई प्रति लक्षित गर्दै मार्क्वाद लेनिनवाद मात्रै हैन माओवाद समेत छाडेर साथीहरू यति तलसम्म झुक्ला भनेर आफुले कहिल्यै नसोचेको र इतिहासले मान्छेहरु अनेक थरिका जन्माउँदो रहेछ भन्ने पुष्टि भएको बताउँनु भयो ।
अध्यक्ष कर्णजितले सर्वहारा वर्गको मुक्ति सम्पूर्ण क्रान्तिकारी शक्तिहरुकोे एकता बिना सम्भव नभएकोले आफ्नो पार्टी माओवादी केन्द्र इतिहासमा त्यो एकताको दिशामा अगाडि बढिरहेको बताउँदै नेपाली जनताले परिवर्तन चाहेकै हो परिवर्तनको आशाका साथ तत्कालीन बाम गठबन्धनलाई ५ वर्ष स्थायी सरकार सञ्चालन गर्न झण्डै दुई तिहाई बहुमत दिएकै हो तर आन्तरिक किचलो, व्यक्ति हठ इत्यादी कारणले नेकपाका ओली सरकारले देशलाई यो हालतमा पुर्‍यायो । त्यसैले अबको बाटो भनेको संसद पुनर्स्थापना वा निर्वाचन यि दुबै होईनन् । अबको समस्याको हल भनेको राष्ट्रिय राजनीतिक जन-परामर्श सम्मेलन मार्फत जनपक्षीय, सर्वदलीय र सर्वपक्षीय राष्ट्रिय सरकार गठन मार्फत वैज्ञानिक समाजवाद नै उच्चतम विन्दु भएकोमा जोडदिनु भयो । भेला तथा प्रशिक्षण कार्यक्रममा भेलाबाट निर्वाचित भएको प्यानल प्रस्तुत गर्दै केन्द्रीय सचिव अरुण घिसिङले हिजोका क्रान्तिका नाइकेहरु सत्तामा पुगेपछि सहिद तथा बेपत्ता परिवार, घाइते अपांगहरुलाई बेवास्ता गरेकोले वर्तमान अवस्थामा आफ्नो पार्टीले कुनै पनि हालतमा यसो हुन नदिने प्रण गर्दै सहिद तथा बेपत्ता परिवार, घाइते अपांगहरुको खोजबिन गरि उचित न्याय दिलाउन लागि पर्ने त्यसको लागि काभ्रे जिल्लाले पनि साथ सहयोग गर्नेछ भन्ने विश्वास लिएको बताउँदै आफु पनि जनयुद्धको घाइते भएको स्मरण गर्नुभयो । काभ्रे जिल्ला हेर्दामा राजधानी नजिक रहेको जिल्ला भए तापनि कोशीपारी, रोशीपारी र डाँडापारीको विकटता हेर्दा कर्णाली जस्तै रहेकोले विकासको क्षेत्रमा धेरै विकट रहेकोले विकासमा हामीले जोड दिनुपर्ने घिसिङले बताउँनु भयो । सचिव घिसिङका अनुसार काभ्रे राजधानी नजिक रहेको जिल्ला भएकै कारणले देशमा भएको हरेक परिवर्तनसँग काभ्रे जिल्लाको अथक भूमिका रहने गरेको इतिहास छ त्यसैले माओवादी केन्द्रले लिएको विचार, राजनीति र भावी कार्यदिशामा काभ्रे जिल्लाको गहन भूमिका रहनेमा आफुलाई विश्वास भएको बताउँनु भयो ।
त्यस्तै भेला सफलताको लागि शुभकामना दिंदै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव तथा विदेश विभाग प्रमुख बलराम पुनले काभ्रे जिल्ला विगतदेखि नै लाल किल्ला रहेको स्मरण गर्दै अब काभ्रेलाई माओवादी किल्ला बनाएर राज्यको ज्यादती विरुद्ध धक्का दिन सकोस त्यसको लागि अबको नेतृत्वलाई सफलता मिलोस भन्दै बधाई तथा शुभकामना दिनुभयो ।
भेला तथा प्रशिक्षण कार्यक्रममा निर्वाचन मण्डलका अध्यक्ष तथा माओवादी केन्द्रका केन्द्रीय सचिव अरुण घिसिङले माओवादी केन्द्र जिल्ला समिति काभ्रेका नवनिर्वाचित जिल्ला समितिको प्यानल प्रस्तुत गर्नुभयो । प्रस्तुत प्यानलमा अध्यक्ष योगेश राल्फाली, उपाध्यक्ष प्रेम घतानी, सचिव रोहण लामा अन्य सदस्यहरुमा लक्ष्मी बैंजु, जेनिशा लामा, धनमाया तितुङ, गोपाल ग्लान, बिक्रम सोराली, प्रशान्त (के.सी.) तिमल्सिना, ज्ञानकाजी श्रेष्ठ, सबिन मोक्तान, राजन थपलिया, केदार दाहाल, यशोेधा भुर्तेल, ज्ञान बहादुर लामा लगायत २१ सदस्यीय जिल्ला कार्यसमिति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्