चितवनमा उर्लियो प्रधानमन्त्री ओलीको पक्षमा मानवसागर

चितवन, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएर हिडनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डको गृहजिल्ला चितवनका जनता प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा स्पष्ट रुपमा खडा भएका छन ।

प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथि बनाएर नेकपा चतिवनले आज आयोजना गरेको जनसभामा उपस्थित भएर चितवनवासीले आफूहरु प्रचण्ड र माधवकुमार नेपाल समुहको बिपक्षमा रहेको प्रष्ट सन्देश दिएका हुन ।
आजको जनसभामा मानवसागर नै उर्लिएको तस्विरले देखाएको छ । नेकपाले प्रचण्ड माधव समुहको षडयन्त्रबारे जानकारी दिन आज सभाको आयोजना गरेको थियो । जिल्लासभाका रुपमा आयोजित कार्यक्रममा मानवसागर नै उर्लिएको छ ।

