एक नम्बर प्रदेशको नाम सगरमाथा राख्नुपर्ने पुर्वमन्त्री केसीको भनाइ



केदार बस्नेत
सोलुखुम्बु,१६ माघ ।पूर्बमन्त्री बलबहादुर केसीले १ नम्बर प्रदेशको नाम सगरमाथा राख्नु उपयुक्त हुने बताउनु भएको छ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं १ खरिखोलामा आयोजित नेपाली कांग्रेसको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केसीले सो कुरा बताउनुभएको हो।नेपालकै पहिचान बोकेको सर्वोच्च शिखर सगरमाथा यसै प्रदेशमा पर्ने भएकाले पनि प्रदेशको नाम सगरमाथा राख्दा कसैले पनि चित्त दुखाउनु नपर्ने उनले बताए।

खुम्बु पासाङल्हामु गाउँपालिका सिङ्गो देशकै गरिमा बोकेको गाउँपालिका भएको चर्चा गर्दै उनले यही भूमिमा जन्म लिएकी पासाङल्हामु शेर्पालाई नेपाली कांग्रेसले नै राष्ट्रिय विभुती घोषणा गरेको स्मरण गरे।

फरक प्रसंगमा नेता केसीले तानाशाह र अधिनायकवाद चरित्र भएका प्रधानमन्त्री केपी ओलीले सहिदहरुको अपमान गरेको आरोप लगाउनुभयो।प्रधानमन्त्रीले आफुलाइ संविधान र कानुन भन्दा माथी ठानेकै कारण मुलुक संकटको दलदलमा फसेको दावी गर्दै उनले मुलुकको संकट समाधान गर्ने जिम्मेवारी अब कांग्रेसको कांधमा आएको दावी गरे।

कांग्रेस सोलुखुम्बुका सभापति विनोद कुमार बस्नेतले नेकपाको झुठो सपनामा नफस्न आग्रह गर्नुभयो।कार्यक्रममा नेपाली कांग्रेसका पुर्व सभापति आङ्गेलु शेर्पा महासमिति सदस्य तथा संगठन विभाग प्रमुख खिलराज बस्नेत महासमिति सदस्य भोजराज कार्की नेपाली कांग्रेसका उपसभापति तथा प्रदेश (ख)का सभापति प्रेम थापा मगर नेपाली कांग्रेसका नेताहरू प्रकाश सिंह कार्की राम बहादुर बस्नेत आङछिरिङ शेर्पा नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा नेपाल विद्यार्थी संघका सभापति अश्बिन बाबू थापा खेलकुद संघका उपाध्यक्ष लाक्पा तामाङ लगाएतको उपस्थिति रहेको नेपाली कांग्रेस खुम्बु पासाङल्हामु ले जनाएको छ।

कार्यक्रममा नेकपाका वडा उपाध्यक्ष राम बहादुर थापा मगर सहित १५७ भन्दा बढी विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न।नवप्रवेशीलाई नेपाली कांग्रेसका नेताहरुले स्वागत गरेका थिए। नेपाली कांग्रेस खुम्बु पासाङ्ल्हामु गाउँपालिका १ का सभापति रामकृष्ण थापा मगरको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्