डा.राजभण्डारी र बांस्तोलाले लगाए नेपालमा कोरोनाबिरुद्दको पहिलो खोप



काठमाडौं । नेपालमा बुधबारबाट शुभारम्भ भएको कोरोना खोप सबै भन्दा पहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले लगाएका छन।

उनीहरुले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका हुन् । यस अस्पतालमा आज ४०० जनालाई खोप लगाइने जनाइएको छ।

अग्रपंतिमा रहेर काम गरेका चार लाखभन्दा बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारीलगायतलाई पहिलो चरणमा खोप लगाइँदै छ ।

खोप लगाउन थालेपछि नेपालमा कोभिडसँग लड्न नयाँ रणनीति तयार भएको डा. बास्तोलाको प्रतिक्रिया छ।

उनले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका हुन् । नेपालमा आजदेखि कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्