१६७ भाषामा अध्ययन गर्न मिल्ने गरी नेवाः सांस्कृतिक ज्ञानकोष अनलाइनमा
काठमाडौं,१७ असार । नेवारहरुकाे ज्ञानको भण्डारकाे रुपमा रहेको नेवाः सांस्कृतिक ज्ञानकोषकाे अनलाइन संस्करण एक समारोहमा सार्वजनिक गरिएको छ । काठमाडौ महानगरपालिकाकाे सहयोगमा नेपालभाषा एकेदेमिले प्रकाशन गरेकाे उक्त ज्ञानकोषकाे अनलाइन संस्करण महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक गरेका हुन् ।

याे संस्करण रञ्जना र नेपाल लिपिमा पनि लिपि परिणत गरि अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ । यस्तै गरि सामग्री संक्षेपीकरण गर्न मिल्ने गरि एआई प्रविधि पनि यसमा राखिएको छ ।
साे कार्यक्रममा ज्ञानकोषकाे अनलाइनका साथै मोबाइल भर्सन पनि सार्वजनिक गरिएको छ । हालाई एन्ड्रोइडमा मात्रै डाउनलोड गर्न मिल्ने र पछि आइओएसयूनमा पनि उपलब्ध हुने बताइएको छ ।
साे समारोहमा प्रमुख अतिथि महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले नेवाः संस्कृतिकाे क्षेत्रमा याे एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् ।
त्यस्तै गरि अनलाइन नेवाः ज्ञानकोष योजनाका प्राविधिक प्रमुख एवम् एकेडेमिका प्राज्ञ परिषदका प्राज्ञ डा. ऐलेन बैलोचन तुलाधरले डिजिटल संस्करणमा समावेश भएका विषय वस्तु बारे प्रकाश पार्नु भयो । अनलाइन संस्करणमा ज्ञानकोषका विषय मात्रै डिजिटाइजेशन भएको नभई प्राविधिक विधिलाई पनि समावेश गरेको कुरा प्राविधिक प्रमुख तुलाधरले बताए ।
उनले यसमा डिजिटाइज का साथै ट्रान्सलेसन इन्जिन र टेक्सट टु स्पीच प्रविधि पनि विकास गरि समावेश गरेको बताए । नेपालभाषा एकेडेमिका चान्सलर एवम् ज्ञानकोष परिकल्पनाकार मल्ल के. सुन्दरले ज्ञानकोषलाई डिजिटाइज यगर्न डा. एलेन बैलोचन तुलाधरले अभुतपुर्व कार्य गरेको बताए । यस्तै गरी ज्ञानकोषकाे प्रकाशनमा आर्थिक रुपले काठमाडौ महानरपालिकाले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
एकेडेमिका भाइस चान्सलर डा.पुष्पराज राजकर्णिकारले स्वागत मन्तव्य राखेको यस कार्यक्ररममा काेषाध्यक्ष वीरप्रसाद भंसारीले धन्यवाद ज्ञापन गरेका थिए भने सदस्य सचिव महेन्द्र गाेपाल कर्माचार्यले कार्यक्रम सन्चालन गरेका थिए ।

