थुलुङ दुधकोशी गाउँपालिकाको दुदुखोलामा ट्र्याक्टर दुर्घटना



सोलुखुम्बु , २८, पुस। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालीका ९ लोखिममा टक्याटर दुर्घटना भएको छ। खोटाङको ऐंसेलुखर्क गाउँपालिलकाबाट सामान लिएर सोलुखुम्बुको सो लोखिमतर्फ जाँदै गरेको ना ४ त ७८०६ं नम्बरको गाडी दुदुखोलामा सोमबार दिउँसो दुर्घटना भएको लोखिमबाट उत्तरकुबिर राइले जानकारी दिनुभयो । उहाँका अनुसार थुलुङ दुधकोशी गाउँपालिका ९ घर भएका बर्ष २२ का निमा तामाङ रहेका छन।

उहाँको स्वास्थ्यअबस्था सामान्य रहेको भए पनि थप उपचारको लागि प्राथमिक स्वास्थ केन्द्र ऐसेलुखर्क लगिएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका सूचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिनुभयो । दुर्घटना हुनुको कारण अझै खुल्न नसकेको र दुर्घटनाबारे अनुसन्धान भइरहेकाले थप जानकारी आउँन बाकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्