प्रधानमन्त्रीमाथि लगाएको आरोप नै पार्टी विभाजन कारक



काठमाडौं, २६ पुस । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी घेराबन्दीमा पारेर अपदस्त गर्ने खेल पार्टीका जिम्मेवार नेताबाट भएकाले नेकपामा अहिलेको अवस्था आएको बताएकी छिन् ।

स्याङ्जाको वालिङमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारलाई घेराबन्दीमा पारेर प्रधानमन्त्री ओलीमाथि विविध आरोप लगाएको उल्लेख गरिन् । उनले सहमतिको आधारलाई भत्काएर विधि विधानको नाममा बहुमतको खेल खेलेर पार्टीलाई विघटनको अवस्थापा पुर्‍याउने अवस्था आएपछि प्रधानमन्त्री बाध्य भएर प्रतिनिधिसभाको विघटन गर्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्