विवरण सुधारेर पठाउन ओली र प्रचण्ड-नेपाल समूहलाई निर्वाचन आयोगको ताकेता

निर्वाचन आयोगले नेकपाका दुवै समूहले यसअघि पठाएको विवरण नमिलेको भन्दै सुधारसहितको नयाँ विवरण माग गरेको छ । एक साताको समय दिएर आयोगले बिहीवार एउटा समूहका अध्यक्ष केपी शर्मा ओली र अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेखेको हो ।

‘उल्लेखित तथ्यगत र कानूनी कुराहरूको अध्ययन र जाँचबुझ गरी गरिएको विश्लेषणबाट राजनीतिक दलसम्बन्धी ऐन २०७४ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ भएको कानूनी व्यवस्था र दुई अध्यक्ष छुट्टाछुट्टै पत्र व्यवहार गरी पठाएका आपसमा नमिलेका विवरण व्यहोरा र माथि उल्लेख गरिएबमोजिम दलको विधानमा रहेका यस विषयसँग सम्बन्धित प्रावधानका आधारमा दलको विवरण अद्यावधिक गर्न सुधारसहितको विवरण आउनुपर्ने,’ आयोगले पठाएको पत्रमा उल्लेख छ ।

