माधव नेपालको अध्यक्षतामा बसेको नेकपा स्थायी कमिटी बैठकको निर्णय यस्तो

काठमाडौं,१९ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बसेको बैठकले केही कार्यदल गठन गरेको छ । पार्टी एकीकरण र जिम्मेवारी सम्बन्धमा माधव नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । “पार्टी एकताका बाँकी काम गर्न र प्रदेश तथा जिल्लाका पदाधिकारीका विषयमा गृहकार्यका निम्ति माधव कमरेडको संयोजकत्वमा एउटा समिति बनाइएको छ,’’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।

बैठकले संसद् विघटनविरुद्ध शनिबार घोषणा गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अनुमोदन गरेको छ । बैठक भोलि १ बजे बस्ने स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिए ।

