सोलुखुम्बु :बर्खुघाटमा ह्युमपाइप, जुबु र लोखिम सिधा सडक सन्जालमा जोडियो



सोलुखुम्बु, १४ मंसिर । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको ४,५ र९ नम्बर वडा जुब लोखिम पालिकासँग सिधा सडक सञ्जालमा जोडिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका ५ र ६ पर्ने बर्खुघाटस्थित दुधकोशी नदीमा ४७ वटा ह्युमपाइप विच्छ्याइएसँगै सिधा यातायात सञ्चालनमा आएको थुलुङ दुधकोशी गाउँपालिकाका प्रबक्ता एबम् वडा नम्बर ९ का अध्यक्ष भुपालसिंह राइले जानकारी दिनुभयो ।

सवारी सञ्चालनमा आएपछि त्यस भेगका स्थानीयलाइ गाउँपालिकाको केन्द्र, सदरमुकाम सल्लेरी र जिल्ला हुँदै राजधानी आवतजावतका लागि सहज भएको छ। ह्युमपाइप हिउँदका लागि मात्र भएको र बर्खा लागेपछि निकाल्नु पर्ने भएकाले दिगो समाधानका लागि अबको २ महिना भित्र मोटेरेबल पुल निमार्ण कार्य सुरु हुने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्