सगरमाथा राष्ट्रिय निकुञ्जमा रेडपान्डाको खोजी सुरु



लाक्पा ग्याल्जेन शेर्पा
सोलुखुम्बु, १४ पुस ।बिश्वकै अग्लो मानिने जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्जमा रेडपाण्डाको खोजी सुरु भएको छ।

रिड नेपालको आर्थिक सहयोगमा स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिहरु छनोट गरी ११ सदस्यीय टोली नै गठन गरि रेडपाण्डाको खोजी सुरु गरिएको हो।समिति रामकाजी मगरको संयोजकत्वमा रहेको सो टोलीले सोमबार २८०० मिटर उचाई भएको गाउँपालिकाको वडा नं ३ मन्जोबाट ३३०० मिटरको उचाईसम्म पुगेर रेडपान्डाको खोजी गरेको बताइएको छ।

रेडपान्डाको खोजी गरिएको सो क्षेत्रमा २० बर्ष पहिले एउटा रेडपान्डाको मृत अवस्थामा भेटिएको थियो। उक्त रेडपान्डाको छाला सगरमाथा राष्ट्रिय निकुञ्जमा हालसम्म पनि सुरक्षित साथ राखिएको रेडपान्डा खोजी कार्यमा संलग्न लाक्पा नुरु शेर्पाले रहस्य खबरलाई बताए ।

सोमबार गरिएको खोजी कार्यमा खासै प्रगति नभएपनि टोलिले प्रत्येक ४ महिनाको फरकमा रेडपाण्डाको खोजी कार्यलाई निरन्तरता दिने शेर्पाले जानकारी दिए।टोलीले रेडपान्डा भएको कुनै पनि संकेत भेटिएमा उक्त क्षेत्रमा रेडपान्डाले खाने निगालो रोप्ने र संरक्षण गर्ने छ।

प्रतिक्रिया दिनुहोस्