स्रष्टा समाजको अध्यक्षमा पुनः आचार्य

काठमाडौं । नेपाल स्रष्टा समाजको १३औँ साधारणसभाले साहित्यकार विधान आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आचार्य दोस्रो कार्यकालका लागि पनि अध्यक्ष चयन भएका हुन् ।

समाजको शनिबार भएको भर्चुअल साधारणसभाको तेस्रो चरणमा सर्वसम्मत आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
साधारणसभाले समाजको उपाध्यक्षमा श्रीओम श्रेष्ठ रोदन, महासचिवमा पुष्पा खनाल, कोषाध्यक्षमा नवराज तिमल्सिना, सचिवमा जानु धिताललाई चयन गरेको छ ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा देविका तिमल्सिना, डा. पुष्करराज भट्ट, नवराज पुडासैनी ‘ज्योत्सना’, लेखजंग खत्री, रश्मी रिमाल, विनोद नेपाल, सुमन थापा ‘संगम’, सुमन घिमिरे वर्षालाई चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक पवन आलोकले शपथ ग्रहण गराएका थिए ।

