प्रदेश १ : मुख्यमन्त्री राइविरूद्ध अविश्वास प्रस्ताव दर्ता,आचार्य मुख्यमन्त्रीका रुपमा प्रस्तावित



काठमाडौं, १२ पुस।प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।

प्रदेश सांसद राजेन्द्र राईले दिएको जानकारी अनुसार नेकपाको प्रचण्ड-नेपाल समूहका सांसदहरूले आइतबार बिहान राईविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

उनीहरूले नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेका छन्।

राईविरूद्ध झन्डै ४० जना प्रदेश सांसदले हस्ताक्षर गरेको प्रचण्ड-नेपाल पक्षीय एक नेताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्