नेपाल निबास कोटेश्वर पुगिन चिनियाँ राजदूत यान्छी

काठमाडौं,१० पुस ।नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)को प्रचण्ड समूहका अध्यक्ष माधव नेपाललाई चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छन्। कोटेश्वरस्थित नेपालकै निवासमा यान्छीले भेट गरेको नेपालको सचिवालयले जानकारी दिएको छ। यान्छीले प्रचण्ड समूहले नेपाललाई अध्यक्ष बनाएपछि पहिलोपटक भेटेकी हुन्। यसअघि बिहीवार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेकी थिइन्।

विहान प्रचण्ड निवास खुमलटारमा यान्छीले एक घण्टा भेटवार्ता गरेकी थिइन्। त्यसअगाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी थिइन्।
नेकपाको विवादमा चिनियाँ राजदूतले समन्वयकारी भूमिका खेल्दै आएको आरोप लाग्दै आएको छ। विवाद उत्कर्षमा पुगेका बेला दुई छिमेकीहरु सक्रिय हुने गरेको बताइन्छ। हाल नेकपा विभाजितको अबस्थामा छ। अध्यक्ष केपी ओली र प्रचण्ड समूहले एक अर्कालाई अध्यक्षको भूमिकाबाट हटाएका छन्।

