संसद विघटनविरुद्ध सोलु कांग्रेस आन्दोलनमा



केदार बस्नेत
सोलुखुम्बु,१० पुस। नेपाली कांग्रेस सोलुखुम्बुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबिरुद्द सदरमुकाम सल्लेरीमा बिरोध प्रदर्शन गर्नेभएको छ।

असंवैधानिक तथा अलोकतान्त्रिक ढंगबाट प्रधानमन्त्री ओलीले गरेको संसद विघटनका विरुद्ध जिल्ला कार्यसमितिको आयोजनामा आगामी सोमबार बिरोध प्रदर्शन गर्न लागिएको सोलु कांग्रेसका प्रचार प्रमुख नवीन थापाले जानकारी दिए।थापाका अनुसार पूर्बमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले सो बिरोध प्रदर्शन को नेतृत्व गर्ने छन् ।

बिहिवार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय थियो।

प्रतिक्रिया दिनुहोस्