होशियार ! यसरी पनि लुट्छन युबतीले

काठमाडौं,९ पुस । सडकको पेटीमा उंभिएकी सुन्दर युवतीले लिफ्ट मागे तपाईं के गर्नुहुन्छ ।गन्तव्य मिल्ने छ भने अवश्य पनि तपाईंले उसलाई भनेको ठाउँमा पुर्याउन गार्हो मान्नुहुने छैन। तपाईंको यो मानवीय सहयोग पनि हो।

तर होशियार ! यस्ता युबतीहरु लुटपाटका लागि पनि प्रयोग भैरहेका हुन्छन् भन्ने तथ्य हालै काठमाडौको चोभारमा भएको घटनाले स्पस्ट पारेको छ। सिन्धुलीका भोला जर्घामगर लिफ्ट दिएकै एक यूवतीको फन्दामा परेर लुटिन पुगेका छन।
घटना विवरण अनुसार २०/२२ वर्षकी जस्ती देखिने युवतीलाई लिफ्ट दिएकै कारण मगर लुटिन पुगे ।सुरुमा कलंकी जान लिफ्ट मागेकी ती युबतीलाई चोभार पुर्याउन जानु नै मगरको कमजोरी भयो।
चोभारमा युवतीलाई छाड्ने बेला भने मगर लुटेरा समूहको घेराबन्दीमा परे । त्यसपछि बल्ल चाल पाए, ‘हातमा सिक्री देखेपछि लुटेरा समूहले युवतीलाई प्रयोग गरेर चोभारसम्म ल्याएको रहेछ ।’
सुरुमा मगरले प्रतिवाद गर्ने कोशिस गरे । तर, लुटपाटमा संलग्न गिरोहले उनलाई रड प्रहार गरेर ६ तोला सुनको सिक्री, मोबाइल, चस्मा लगायत गरी ६ लाख ३५ हजार रुपैयाँ बराबरको सामान लगे ।
घटनालगत्तै मगरले प्रहरीलाई खबर गरे । तर, गत ८ साउनमा भएको यो लुटपाटमा संलग्न कोही पक्राउ परेका थिएनन् । ‘हालै हामीले लुटपाटमा संलग्न दोलखाको सागर भनिने लालबहादुर श्रेष्ठलाई पक्राउ गरेका छौं’, महाशाखाका एसपी ईश्वर कार्की भन्छन् ।
कार्कीका अनुसार श्रेष्ठसहितको समूहले अन्य ठाउँमा पनि युवतीको प्रयोग गरेर लुटपाट गरेको आशंका गरिएको छ । थप अनुसन्धान जारी छ

