महाकुलुङ : ७५ विद्यार्थीलाई छात्रवृत्ति,झोला र मन्जन बितरण

सोलुखुम्बु, ५ पुस। पेल्माङ बिकासका लागि सहयोगी हातहरुले महाकुलुङका ७५ जना विद्यार्थीहरुलाइ नगद, झोला र मन्जन बितरण गरेको छ।
गोर्लिज-पेल्माङ ई.भी.जर्मनीको आर्थिक सहयोग र समन्वयमा महाकुलुङ- २ पेल्माङका ७५ विद्यार्थीहरुलाइ नगद ५ हजारका दरले छात्रवृत्ति , स्कुल झोला र मन्जन बितरण गरिएको अध्यक्ष मच्छिन्द्र राइले जानकारी दिए। सो संस्थाले केहि दिन अघिमात्रै स्थानीय असहाय, ज्येष्ठ र एकल महिलालाई खाद्यान्न बितरण गरेको थियो।


