गजल:प्रयास



-एच पी भण्डारी

नफरत थियो या प्यार थियो
मन मा अलिकति हतार थियो

ऊ मायाले रगत बागाई रहेछ
प्रमिल ले रेटेको तरवार थियो

यार यहाँ बच्चा पनी बुढो हुन्छ
त्यो कथा थियो या सार थियो

मन पनि कुट्दो रहेछ मुटु लाई
यो धड्कन हो या दिल्दार थियो

प्रतिक्रिया दिनुहोस्