नेबानिले मंसिर तेस्रो हप्तादेखी कांगेलडांडामा विमान सन्चालन गर्ने
सोलुखुम्बु, २८ कार्तिक । थुलुङ दुधकोसी गाउँपालिकाको कांगेलडांडा बिमानस्थलमा मंसिर महिनाको तेस्रो हप्ताबाट विमान सन्चालनमा आउने भएको छ।

संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई ‘सुरबीर’ र थुलुङदुधकोसी गाउँपालिकाका अध्यक्ष असिम राइको बिशेष पहलमा बिमानस्थल सन्चालनको प्रक्रिया अगाडी बढेको थियो।प्रक्रिया अघि बढेसंगै संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कांगेलडांडा बिमानस्थलको निरीक्षण गरि प्रक्रिया पुर्याएर छिट्टै बिमान सन्चालन गर्ने घोषणा गरेका थिए।
मन्त्री भट्टराईको सोही घोषणा अनुसार नेपाल वायुसेवा निगमले मंसिर तेस्रो हप्ताबाट विमान सन्चालनको तयारी सुरु भएको अध्यक्ष राइले रहस्यखबरलाई बताए ।अध्यक्ष राइका अनुसार प्रबन्ध निर्देशक डिम (प्रकाश) पौड्याल, नेपाल नागरिक उड्डयन प्राधिकरणका डिजि राजन पोख्रेल सङ्ग शुक्रबार सो सम्बन्धि सहमति भएको छ। जसका लागि केहि दिनभित्र विमानस्थलको चेकजाँच गर्न ईन्जिनियर सहितको प्राबिधिक टोलि काङ्गेल विमानस्थल आइपुग्ने उनले बताए।
अध्यक्ष राइले यो महत्वपुर्ण साथ र सहयोगको निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराई ज्यु, प्रतिनिधिसभा सदस्य माननीय राई, प्रदेशसभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी र उत्तम कुमार बस्नेत लगायतप्रति हार्दिक आभार प्रकट गरेका छन।

