हत्यारालाई कारबाही गर्नुपर्ने बिषयमा पनि नेकपा बिभाजित !

काठमाडौं,१३ कार्तिक । विन्दवासिनी गाउँपालिका पार्टी कमिटीका सचिव मुकेश चौरसियाको हत्यारालाई कारबाही गर्न नेकपाका ३७ केन्द्रीय सदस्यले माग गरेका छन् ।

स्थायी कमिटी सदस्य मातृका यादवसहित दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने ३७ केन्द्रीय सदस्यले हस्ताक्षर गर्दै वक्तव्य निकालेका हुन् । वक्तव्यमा ओली पक्षका कुनै पनि केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छैनन् ।यो प्रकरण ले हत्यारालाई कार्बाही गर्नुपर्ने बिषयमा पनि सत्तारूढ नेकपा बिभाजित देखिएको छ।
“घटनाको प्रकृति हेर्दा पार्टीको गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू निर्विवाद थिए । शपथग्रहण हुनमात्र बाँकी थियो । शपथ ग्रहण कार्यक्रमको आयोजना भयो । कार्यक्रम सुरु हुनुअघि नै केही आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको योजनामा अपराधीहरू बाँसका भाटालगागयतका हतियारहरू बोकी कार्यक्रमस्थलमा पुगे । पार्टीको व्यानर र झण्डा च्यात्न थाले । क. मुकेश चौरसियाले रोक्नु भयो भने । अपराधीहरूले उहाँलगायत उहाँसँगै रहेका निहत्था कमरेडहरूमाथि आक्रमण गरे,” विज्ञप्तीमा भनिएको छ ।
घटनाको प्रकृति हेर्दा सुनियोजित रहेको उनीहरूको ठहर छ । “हामीलाई प्राप्त जानकारी अनुसार पीडित निवेदकको जाहेरी जिल्ला प्रहरी कार्यालय, पर्सा वीरगञ्जले अहिलेसम्म दर्ता गरेको छैन,” ३७ केन्द्रीय सदस्यले विज्ञप्तीमा भनेका छन्, “ जाहेरी दर्ता नगर्नु प्रहरीबाट कानुनी राज्यको खिल्ली उडाएको देखिन्छ ।”
हस्तक्षर गर्नेमा यादवका अतिरिक्त प्रदेश सहइन्चार्ज विश्वनाथ शाह, नागेन्द्र प्रसाद चौधरी र महेन्द्र पासवान छन् । त्यस्तै केन्द्रीय सदस्य रामचन्द्र झा, शत्रुध्नप्रसाद महतो, योगकुमार बरबरिया, श्रीप्रसाद साह, यदुवंश झा, सुधीरप्रसाद साह, अजयशङ्कर नायक, राजु खड्का, बोधमाया यादव, भरतप्रसाद साहले पनि सही गरेका छन् ।
रामबहादुर यादव, प्रकाश पोखरेल, रामप्रित पासवान, दीर्घबहादुर योञ्जन, डाचाराज वाग्ले, रवीन्द्र बैठा, प्रह्लाद बुढाथोकी, हरिनारायण चौधरी, जगत यादव, गोपाल ठाकुर, रामचन्द्र यादव पनि हस्ताक्षर गर्नेमा छन् ।

