नेपाल स्वयंसेवक संघ युबा संगठन सोलुखुम्बुको संयोजकमा बास्तोला
खगिन्द्रराज बास्तोला
सोलुखुम्बु, १२ कार्तिक । नेपाल स्वयंसेवक संघ युवा संगठन सोलुखुम्बुको संयोजकमा बिनोद बास्तोला चयन भएका छन।


मुलुकब्यापी संगठन बिस्तारका क्रममा बास्तोलालाई सोलुखुम्बु जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको नेपाल स्वयंसेवक संघ केन्द्रीय समितिले जनाएको छ।सामाजिक बिकृति, बिसंगती र भ्रष्टाचारविरुद्ध क्रियाशील विभिन्न संगठनहरुको प्रतिनिधिमूलक संस्था रहेको संघका सोलुखुम्बु जिल्ला संयोजक चयन भएका बांस्तोला नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय छन।
बास्तोला गिरिजा प्रसाद अध्ययन केन्द्र सोलुखुम्बुको उपसभापति, हिमाल दर्शन क्याम्पस नेचा सोलुखुम्बुको स्वबियू उपसभापति रनेपाल कमर्स क्याम्पस मिनभवन नेबिसंघ इकाई समितिको उपसभापति रहेको नेबिसंघका नेता उद्योग राइले जानकारी दिए।


