निवासबाटै गिरफ्तार भए वरिष्ठ पत्रकार श्रेष्ठ



काठमाडौँ,३१ असोज । सरकारले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई उनको निवासबाटै गिरफ्तार गरेको छ। वर्तमान बालेन सरकार गठन भएयता श्रेष्ठ पक्राउ परेको यो दोस्रो पटक हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए। पन्तको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचार प्रकाशित भएपछि उक्त जाहेरी परेको बताइएको छ।समाचारको विषयलाई लिएर पन्तले शुक्रबार श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए। श्रेष्ठले पनि पन्तविरुद्ध सोही ब्युरोमा निवेदन दिएका छन्।ब्युरो स्रोतका अनुसार दुवै पक्षलाई सँगै राखेर घटनाबारे छलफल गराउने तयारी गरिएको छ।

श्रेष्ठलाई यसअघि साउन २७ गते काठमाडौं प्रहरी परिसरले नियन्त्रणमा लिएको थियो। त्यसक्रममा प्रहरीले उनको निवासमा खानतलासी गर्नुका साथै ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो।

श्रेष्ठविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न र हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो। त्यसपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्