जय नेपाल पार्टीद्वारा केन्द्रीय सदस्यसहित विभिन्न पदमा मनोनयन



काठमाडौं,२३ असोज । जय नेपाल पार्टीले केन्द्रीय कार्यसमिति,सल्लाहकार समिति,प्रदेश तह,विभिन्न विभाग तथा समिति र जनवर्गीय संगठनमा पदाधिकारी तथा सदस्यहरू मनोनयन गरेको छ।

केन्द्रीय कार्यसमितिमा १० जना सदस्य थपिएका छन् भने सल्लाहकार समितिमा तीन जना सदस्य चयन भएको पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।बिज्ञप्तिमा जनाइए अनुसार पर्वतका ठाकुर बम मल्ल,सोलुखुम्बुका जिम्बा जाङबु शेर्पा, कैलालीका गजेन्द्र बहादुर सिंह,सुर्खेतकी अन्जु बस्याल,भक्तपुरका लोकेन्द्र पोखरेल,अर्घाखाँचीका सुधन पाण्डे,डोल्पाका मानव कुमार हमाल,सुर्खेतका भुपेन्द्र नाथ योगी,अछामका केशर आउजी र काठमाडौंका कमल बहादुर पाण्डे केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

त्यसैगरी,सल्लाहकार समितिको सदस्यमा कञ्चनपुरका गजेन्द्र विष्ट,सुर्खेतका मान बहादुर खड्का र बाँकेका कर्मचन्द आजाद मनोनित भएका छन्।

यसैगरी,पार्टीले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा इन्चार्ज तथा संयोजकको जिम्मेवारीसमेत तोकेको छ।

सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गजेन्द्र बहादुर सिंह र संयोजकमा गोविन्द पाण्डे चयन भएका छन्। कर्णाली प्रदेशको इन्चार्जमा जनक बहादुर सिंह तथा संयोजकमा भिम बहादुर शाहीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, लुम्बिनी प्रदेशको इन्चार्जमा नारायण प्रसाद कोइराला र संयोजकमा ऋषिराज देवकोटा, गण्डकी प्रदेशको इन्चार्जमा रामराज कोइराला र संयोजकमा वरुण विक्रम राणा तथा बागमती प्रदेशको इन्चार्जमा नवराज सिंखडा र संयोजकमा किरण ढुंगेल मनोनित भएका छन्।

पार्टीले संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउन विभिन्न विभाग तथा समितिमा संयोजकसमेत नियुक्त गरेको छ।

आर्थिक स्रोत व्यवस्थापन विभागको संयोजकमा समृद्धि राणा,धर्म संस्कृति समन्वय विभागको संयोजकमा प्रभात योगी, पर्यटन विभागको संयोजकमा जिम्बा जाङबु शेपा र सांस्कृतिक कला विभागको संयोजकमा खगेस रन्जितकारलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी, लघुवित्त, बैंक, सहकारी तथा मिटर ब्याज पीडित उत्थान समितिको संयोजकमा होमनाथ गौतम र सञ्चार संगठन गठन तयारी समितिको संयोजकमा राधिका जोशी मनोनित भएका छन्।

जनवर्गीय संगठनतर्फ नेपाल उत्पीडित संगठनको सभापतिमा अर्जुन नेपाली र नेपाल कबाडी संगठनको सभापतिमा बीर बहादुर गुरुङलाई मनोनयन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्