महाधिवेशन प्रतिनिधिहरुको बिश्वास र समर्थनले केन्द्रीय सदस्यमा बिजय प्राप्त गर्नेमा प्रकाश ढुक्क
काठमाडौं,२२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी दिएका प्रकाश सिंह कार्कीले महाधिवेशन प्रतिनिधिहरुको सहयोग र समर्थनमा आफू निर्बाचित हुने कुरामा पूर्ण आशावादी रहेको बताएका छन् ।

निर्बाचन क्रमसंख्या (५०) रहेका प्रतिनिधि सभा सदस्य समेत रहेका कार्कीले निर्बाचन प्रचारका क्रममा मतदाताहरुबाट प्राप्त सद्भाव र समर्थनको आश्वासनले आफु केन्द्रीय सदस्यमा निर्बाचित हुनेमा ढुक्क रहेको बताएका हुन्। सोलुखुम्बुबाट प्रतिनिधित्व गर्ने कार्कीले पार्टीको केन्द्रीय नेतृत्वमा रहेर संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउने लक्ष्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए ।
महाधिवेशन प्रतिनिधिहरूको विश्वास, साथ र सहयोगलाई आफ्नो राजनीतिक यात्राको महत्त्वपूर्ण आधार मान्ने बताउँदै कार्कीले पार्टीको वैचारिक आदर्श, लोकतान्त्रिक मूल्य–मान्यता र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
प्रतिनिधिहरूको मत र विश्वासलाई पार्टी तथा जनताको हितमा जिम्मेवारीपूर्वक काम गर्ने अवसरका रूपमा लिने बताउँदै रहस्य खबरसंग उनले भने-‘नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउँदै पार्टीलाई समयानुकूल गतिशील बनाउने तथा संगठनमा आपसी एकता, सहकार्य र जिम्मेवारीबोधको भावना अभिवृद्धि गर्नु अहिलेको आवश्यकता हो।’
उनले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराउन अपिल समेत गरेका छन्।




