सर्वोच्च अदालतको न्यायाधीशका लागि चार जनाको नाम सिफारिस
काठमाडौँ,२० जेठ ।न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

परिषदको आज बसेको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्र सारु मगर, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो ।
बागचन्द हाल पोखरा उच्च अदालतमा मुख्य न्यायाधीश रहनु भएको छ । उच्च अदालतका न्यायाधीशहरु मध्ये वरिष्ठताको अग्रपंक्तिमा रहे पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस हुन असफल हुँदै आउनु भएको थियो ।
बागचन्दका समकालिन आधा दर्जन बढी न्यायाधीशहरु सर्वोच्चमा पुगिसक्दा पनि उहाँ उच्चमै सीमित रहनु भएको थियो । न्याय परिषदले गरेको सिफारिसमा संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ती हुनेछ ।




