कांग्रेसको १५ औं महाधिवेशन : खुला केन्द्रीय सदस्यमा सांसद प्रकाशसिंह कार्कीको उम्मेदवारी दर्ता
काठमाडौं,२० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सांसद प्रकाशसिंह कार्कीले खुला समूहबाट केन्द्रीय सदस्य पदका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन्।

गएको फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्बाचनमा सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्य निर्बाचित कार्कीले आज राष्ट्रिय सभागृहमा पार्टीको विधान तथा निर्धारित निर्वाचन प्रक्रियाबमोजिम खुला समूहबाट केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गरेका हुन्।
मनोनयन दर्तापछि कार्कीले आफ्नो राजनीतिक यात्राबाट आर्जित अनुभवलाई पार्टीको वैचारिक स्पष्टता, लोकतान्त्रिक संस्कार तथा संगठन सुदृढीकरणमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले आफ्नो संकल्प पूरा गर्न महाधिवेशन प्रतिनिधिहरूको अमूल्य मत, साथ र शुभेच्छाको अपेक्षा रहेको बताएका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न समूह तथा पदका लागि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ।




