आफ्नै घरमा आगो लगाउने कम्युनिस्टले अरुलाइ बांकी राख्दैनन् :पूर्बमन्त्री केसी



 

केदार बस्नेत
सोलुखुम्बु, ४ कार्तिक। जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं-२ मा रहेको श्री महेन्द्रदोय उच्च माबिमा वडा दसैं, शुभ दिपावली तथा छ्ठ पर्वको अवसरमा मंगलबार शुभकामना आदान प्रदान सम्पन्न भएको छ।
नेपाल शिक्षक युनियनद्वारा आयोजित सो कार्यक्रम पूर्बमन्त्री एबम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा वडा नं २का वडाध्यक्ष भेष कुमार बास्तोला, नेपाल शिक्षक महासंघका पूर्ब अध्यक्ष श्री बिपि संस्कृत माबिका प्रअ गुणराज निरौला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। यसअघि केसीकै प्रमुख आतिथ्यतामा शनिबार नेपाली कांग्रेस नेचासल्यानले शुभकामना आदानप्रदानको आयोजना गरेको थियो।कार्यक्रममा केसीले कम्युनिस्टले आफ्नै घर आगो लगाई सकेको आरोप लगाउंदैअब अरुको घर आगो लगाउँन बाकी रहेको बताए ।

बिहिबारेबजारमा आयोजित सो कार्यक्रममा जिल्ला सभापति विनोद बस्नेत, सहसचिव कुशराज राई, महासमितिहरु खिलराज वस्नेत जयप्रसाद राई, छिण्डील्हामु शेर्पा, लगायत जिल्लास्तरीय नेताहरूको उपस्थिति थियो।कार्यक्रममा घटराज खड्का, दिपक भट्टराई र नेत्र कटेल सहित दर्जनौ नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेको प्रचारप्रसार प्रमुख नवीन थापाले जानकारी दिनुभयो। नवप्रवेशीहरुलाई पुर्वमन्त्री केसी सभापति वस्नेत अन्य जिल्लास्तरीय नेताहरूले स्वागत गर्नुभयो। कार्यक्रम नेचासल्यान कांग्रेसका सभापति नीर कुमार शर्माको सभापतित्व सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्