३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न राष्ट्रिय बाणिज्य बैंकले पायो अनुमति



काठमाडौं,४ असोज । नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले आज राष्ट्रि वाणिज्य बैंकलाई ‘आबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो। अब बैंकले १ हजार रुपैयाँ अंकितदर कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

बैंकले कुल इकाइमध्ये १२ लाख इकाइ सर्वसाधारणलाई जारी गर्नेछ भने बाँकी १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। यो ७ वर्षे ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्