१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज



काठमाडौं,२ असोज । सरकारले भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशका लागि राजदूत नियुक्त गर्न १३ जनाको नाम सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको हो। सिफारिस सूचीअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम अघि सारिएको छ।

यस्तै, संयुक्त अधिराज्य (बेलायत) का लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्तावित राजदूत बनाइएको छ।

जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरिएको छ।

सिफारिस भएका नाम संसदीय सुनुवाइका लागि पठाइनेछन्। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट सहमति (एग्रिमो) प्राप्त गर्ने प्रक्रिया अघि बढ्नेछ र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ।file fito

प्रतिक्रिया दिनुहोस्