कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै



काठमाडौँ,१ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ।पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने तय भएको हो।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्धारित समयमै उपस्थित हुन अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्