अन्सारीले ‘आयो २१ तोप’ निर्माण गर्ने
काठमाडौं,२९ भाद्र । नेपाली सिने क्षेत्रमा खुँखार खलपात्रको रुपमा परिचित गोरखाका सागर अन्सारी अहिले भोजपुरी र बलिउड फिल्म उद्योगमा कामको लागि माग हुन थालेको छ ।

कलाकार अन्सारीले चलचित्र ‘काले’ कालापानी, ग्याङ लिडर, यति धेरै मायाँ, यस्तो पनि हुन्छ र मायाँ, तिम्रो मेरो प्रेम कहानी लगायतका चलचित्रमा सशक्त खलपात्रको रुपमा काम गरिसकेका छन् ।
गोरखाका सामान्य व्यापारी अन्सारी ‘हेन्सम मामा’ पछिल्लो समय टिकटकमा पनि भाइरल बनेका छन् । उनले रमाइलोसंगै समाजमा खड्केका विषयवस्तुलाई उठान गर्दै टिकटक भिडियो बनाउदै आइरहेका छन् ।
यतिबेला उनि पचास एपिसोडको सिरियल ‘आयो २१ तोप’ निर्माणको तयारीमा जुटेका छन् । अनिता अन्सारी ‘सलमा’को निर्माण रहने ‘आयो २१ तोप’मा सागर अन्सारी, बाल कलाकारहरु कबिर अन्सारी,टबराज अन्सारी लगायतको अभिनय रहने छ भने निर्देशन लक्ष्मण नेपालको रहने छ ।


