सोलु कांग्रेसको प्रचार बिभागमा थापा
केदार वस्नेत

सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद कुमार वस्नेतले जिल्ला सदस्य नवीन थापालाई जिल्ला पार्टीको प्रचारप्रसार विभागको प्रमुखमा मनोनयन गरेका छन।

बस्नेतले नेपाली कांग्रेसको विधान २०१७ को संशोधन सहित र नियमावली २०७६ को धारा १२ उपधारा ७को ( ख)अनुसार २०७६ को परिच्छेद को दफा ४८ को उपदफा ३ को ५ अनुसार थापालाई सो बिभागमा मनोनयन गरेको नेपाली कांग्रेस सोलुले जनाएको छ।
बिभाग उपप्रमुखको जिम्मेवारी धर्मराज सुनुवार र सचिबमा हेमराज शर्मा कटेल रहेका छन।सदस्यहरुमा टंकीमाया वस्नेत,उत्र राई,अमृत राई,चुडामणि कोइराला,सुमन राई,निशान बस्नेत,देबिध्वज खड्का,वुना वस्नेत,सन्देश रसाइली,द्रोण वन र फुनुरु शेर्पा रहनुभएको कांग्रेस सोलुले जनाएको छ।

