गजल

*चित्रमान तामाङ
आगो बल्दछ मुटुमा मन वेपत्ता आजभोलि,
दम्कल पुग्दा धड्कन पनि मौनता आजभोलि ।

हावाको पुल बनाएछन् स्वर्ग र धर्ती जोड्ने रे,
अत्यधुनिक मायामा भाव सुन्यता आजभोलि।
अनगिन्ती चाहना बोकेर हिड्ने मनवै भो,
स्वार्थले नर्क पुग्दैछ त्यो मानवता आजभोलि ।
प्रभुको पाउ ढोगेर मन धुनेको देख्छु लर्को,
नक्कली पुजा गरेर पुज्छौ देवता आजभोलि ।
सत्यता बेच्यौ कतिले असत्यकै त्यो व्यापारमा,
घमण्ड किनबेचले गर्यो सभ्यता आजभोलि ।
* चिचिलागापा.संखुवासभा
हाल-काठमाडौं

