बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा



मकवानपुर,१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् । सोमबार सदनमा विश्वासको मत लिने क्रममा बोल्दै बानियाँले राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिएपछि सदनमा मत विभाजन प्रक्रियामा अगाडि नै बढेन । सदनमा सम्बोधन गर्दै उनले आफ्नो १३ महिने कार्यकालको जानकारी सदनलाई गराएका थिए ।

एमालेले साउन ६ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत लिनुपर्ने बाध्यता सिर्जना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्