नेकपा खुम्बु-पासाङल्हामू गाउँपालिका कमिटीको सपथग्रहण बिहीवार



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु , २६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) खुम्बु पासाङल्हामू गाउँपालिका कमिटीको एकता भेला आगामी बिहिवार आयोजना हुनेभएको छ।
सोलुखुम्बु जिल्लाका अन्य गाउँपालिका कमिटीहरुको एकता भेला गत बर्ष नै सम्पन्न भएपनि खुम्बु पासाङल्हामु गाउँपालिकामा विभिन्न कारणले आयोजना हुन सकेको थिएन । गाउँपालिकाको वडा नं- २ लुक्लाको नर्थफेस रिसोर्टमा बिहिवार बिहानआयोजना हुने एकता भेलामा कमिटीका पदाधिकारी तथा सदस्यहरूको सपथग्रहणका साथै पहिलो पूर्ण बैठक तथा प्रशिक्षण समेत आयोजना गरिने कमिटी अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पा र सचिब टंक कालिकोटेद्वारा हस्ताक्षरित निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ।
निमन्त्रणा पत्रमा गाउँपालिकाबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्य, गाउँपालिका कमिटी सदस्य,जिल्ला सल्लाहकार परिषद सदस्य, ज्येष्ठ कम्युनिस्ट मन्चका सदस्य,प्रदेश निर्बाचन समन्वय कमिटी सदस्य तथा अन्य भातृसंगठनका प्रतिनिधि लगायतलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्