सोलुखुम्बु :जिल्ला कमिटी बैठकमा सहभागी हुंदाहुंदै अस्वस्थ नेकपा नेता बस्नेतको निधन

सोलुखुम्बु , १९ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सोलुखुम्बुका नेता शोभित बस्नेतको आइतबार राति निधन भएको छ।

पार्टी जिल्ला सचिवालय सदस्य रहेका ४४ बर्षीय बस्नेतको हृदयघातका कारण निधन भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ।आइतबारबाट सदरमुकाम सल्लेरीमा सुरु नेकपा जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक मा सहभागी भइ रहेका बेला अकास्मात अस्वस्थ भएका बस्नेत लाई अपरान्ह सोलु हेल्थ केयर सेन्टरमा लगिएको थियो। प्रेसर ल्वोको आशंका गरिए पनि हेल्थ केयरमा उपचार सम्भव नभएपछि उनलाई फाप्लु अस्पताल लगिएको थियो। अस्पतालले राती सभा नौ बजेतिर बस्नेतको मृत्यु भएको घोषणा गरेको नेकपा नेताहरुले बताए छन।
सोलु दुधकुण्ड नगरपालिका वडा नं ११ तिङ्ला स्थायी घर भएका बस्नेत लामो समयदेखि तत्कालीन नेकपा एमालेको राजनीतिमा सक्रिय रहंदै आएका थिए।स्वर्गीय बस्नेतका श्रीमती र एक छोरा छन। हाल जिल्ला अस्पतालमा बस्नेतको शब केहि बेरमा जिल्ला समन्वय समिति सोलुखुम्बुको मैदानमा राखिने छ। श्रद्धाञ्जली सभाको आयोजनापछि अपरान्ह उनको गृह गाउँ तिङ्लामा अन्त्यष्टी गरिने नेकपाले जनाएको छ।

