नेचासल्यानमा कक्षा ८ का सर्बोत्कृष्ट विद्यार्थीलाई ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ प्रदान



सुबास भण्डारी,सोलुखुम्बु,१४ जेठ । नेचासल्यान गाउँपालिका स्तरीय, कक्षा ८ को अन्तिम परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरूलाई’विद्यावारिधि लक्ष्य पुरस्कार’ प्रदान गरिएको छ ।

गभर्नर स्टेट ञिभर्सिटीका एसोसिएट प्रोफेसर डा.थोमस बास्तोलाकाे प्रमुख आतिथ्यता तथा नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राई र उपाध्यक्ष विना राईको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा विपसा बाहिङ राई(श्री महेन्द्राेदय मावि),युनिक धमला (श्री कालिका आधारभूत विद्यालय),सामछाेकी शेर्पा (श्री गणेशथान मावि),दिप्सन बास्तोला(श्री वी.पी. संस्कृत मावि)लाई सो पुरस्कार प्रदान गरिएको थियो। शैक्षिक सत्र २०८१/०८२ को परीक्षामा सर्वाेत्कृष्ट उनीहरूलाई जनही रू. ५०००/- (पाँच हजार रूपैयाँ) र सम्मान पत्रबाट सम्मानित गरिएको साेलुखुम्बु इनिसिएटिभ,नेचासल्यान-४,का अध्यक्ष रोहित प्रसाद बास्तोलाले जानकारी दिए ।

शिक्षक छविलाल बास्तोलाले सञ्चालन गरेको सो कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेज्यू लगायत,विद्यालयका प्रधानाध्यापक,विव्यस.अध्यक्ष,शिक्षक, विद्यार्थी,सुरक्षाकर्मी,जनप्रतिनिधि,शिक्षाप्रेमी,समाजसेवी व्यक्तित्वहरूकाे उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्