गजल



*सीता धमला
इसारा नै कस्तो कस्तो भावुक बनाएर गयौ
नजरैको तिम्रो तीरले नाजुक बनाएर गयौ
मुटुभित्र लुकेका अनगिन्ती घाउहरुको
ओखती नै प्रेमको अचुक बनाएर गयौ
छर्कदैव तिम्ले वासनाहरु नव यौवनको
फूलको भँमरा झैँ कामुक बनाएर गयौ
कहिले जून बन्छौ अनि कहिले तारा
सधैँ खोजी हिड्ने पादुक बनाएर गयौ
खै कस्तो ऋण लिएँछु मैले तिम्रो प्रेमको
आज जिन्दगीलाई तमसुक बनाएर गयौ
*ओखलढुङ्गा (हाल काठमाडौं)

प्रतिक्रिया दिनुहोस्