नेकपा सोलुखुम्बु जिल्ला कमिटी बैठक : थपिए पांच जिल्ला कमिटी सदस्य



सोलुखुम्बु , १८ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) जिल्ला कमिटी सोलुखुम्बुको तेस्रो बैठक सुरु भएको छ।
जिल्ला कमिटी अध्यक्ष मानबीर राइको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एबम सोलुखुम्बु जिल्ला इन्चार्ज हेमकुमार राई ‘सुरबीर’को प्रमुख आतिथ्यमाजिल्ला समन्वय समितिको हलमा सुरु बैठकमा विभिन्न कारणले रिक्त जिल्ला कमिटी सदस्य पदमा पांच जनालाई नियुक्त गरिएको जिल्ला कमिटी सचिब गोम्बु शेर्पा कर्ज्याङले जानकारी दिए।


शेर्पाका अनुसार बैठकले लाक्पाग्याल्जेन शेर्पा,सुन्दर तामाङ,प्रमिला कार्की बस्नेत,अजय राई र भुपेन्द्र कटेल रहेका छन।नब नियुक्त सदस्यहरुलाइ जिल्ला पार्टी इन्चार्ज समेत रहेका संघीय सांसद राइले सपथ गराएको पनि शेर्पाले बताए।
बैठकमा पार्टी संगठन सुदृढीकरण सम्बन्धि बिषयमा छलफल गरिनुका साथै गाउँ तथा नगर कमिटी अध्यक्षहरुद्वारा सांगठनिक अवस्थाबारे रिपोर्टिङ गर्ने एजेन्डा रहेको जिल्ला कमिटी अध्यक्ष राइले रहस्यखबरलाई जानकारी दिए।

अध्यक्ष राइका अनुसार जिल्ला कमिटी अन्तरगतका विभिन्न बिभागहरुको गठन, जारी जिल्ला कमिटी बैठकले जिल्ला ज्येष्ठ कम्युनिस्ट मन्च,जिल्ला सल्लाहकार कमिटी , निर्बाचन क्षेत्र समन्वय कमिटी क र ख को गठनका साथै जिल्ला पार्टी इन्चार्जबाट अन्तरपार्टी निर्देशनबारे जानकारी गराउंने एजेन्डा बैठकका एजेन्डा रहेका छन।

प्रतिक्रिया दिनुहोस्