नेपालमा थपिए अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन २ हजार ७ सय २२ जनामा काेराेना पुष्टि



काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२, ४५० पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित २१ हजार २ सय ३४ जना छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए । हालसम्म पीसीआर विधिबाट १० लाख ४८ हजार ६ सय ८६ परीक्षण भएकाे मन्त्रालयले जनाएकाे छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पछिल्लो समय बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप नयाँ १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । शुक्रबार काठमाडौँमा १ हजार २ सय ८० , ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जना काेराेना संक्रमित देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्