तेश्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड २०८३ को फर्म खुला
काठमाडौं,५ चैत्र । तेश्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड २०८३ को लागि गीत सहभागी गराउन आवेदन खुला गरिएको छ । बिगत तीन वर्ष देखि निरन्तर हुँदै आइरहेको यस अवार्डमा आफ्ना सिर्जनाहरुलाई सहभागी गराउन फर्म खुल्ला गरिएको आयोजक संस्थाका प्रबन्धक निर्देशक ओमप्रकाश राईले जानकारी गराउनु भएको छ ।

उहाँका अनुसार फिल्म, गीतसंगीत र अन्य बिभिन्न बिधामा गरी यो वर्ष ३५ बिधामा अवार्ड तथा सम्मान बितरण गरिने छ ।
नेपाली गीत संगीतलाई आत्मसात गर्दै कलाको यस माध्यमबाट राम्रोभन्दा राम्रो गीत संगीतको सिर्जनामा बृद्धि होस्,नेपाली मौलिक गीतसंगीतले प्रश्रय पाओस् र हाम्रो प्रयासबाट गीतसंगीतको क्षेत्रमा अघि बढेका सिर्जनशील व्यक्तित्वहरुलाई अझ प्रोत्साहन पुगोस् र गीतसंगीतको विकासमा योगदान पुगोस् भन्ने हेतुले आयोजना गर्न लागिएको आयोजक संस्थाका राईले जानकारी दिनु भयो ।

