पराजित भए कांग्रेस सभापति गगन थापा,३५ हजार ६८८ मत ल्याएर अमरेश बिजयी



काठमाडौं,२४ फागुन । सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

केहीबेरअघि सम्पन्न मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए ।

यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पनि पूरा गरे भने गगन थापाको पहिलो हार हो ।गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक समानुपातिक प्रणालीकाट निर्वाचित उनले पछिल्लो ३ पटक काठमाडौं ४ बाट जित निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्