डा.केसीको पक्षमा माइतीघरमा प्रदर्शन



 

काठमाडौं, १३ असोज । स्वास्थ्य शिक्षा सुधारको माग गर्दै १९ औं पटक अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा मंगलबार पनि माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
त्रिबि शिक्षण अस्पतालमा अनशनरत डा केसीको पक्षमा सोलिराडिटी फर जिकेसी अलायन्सले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।
अलाइन्सले डा. केसीको जीवन रक्षा माग गर्दै विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो। प्रदर्शनकारीले गोविन्द केसीको माग पूरा गर, गोविन्द केसीको जीवन रक्षा गर, दूरदराजमा मेडिकल शिक्षा खै?, नाममा समाजवाद, स्वास्थ्यमा व्यापार, कर्णाली विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ तत्काल सुरू गरजस्ता नारा लेखिएका पर्चा बोकेका थिए।

प्रतिक्रिया दिनुहोस्