चीनले नेपाली सीमा नमिचेको गृहमन्त्री थापाको स्पष्टोक्ति

काठमाडौं, १०।गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमि चीनले नमिचेको बताएका छन् ।
दार्चुलामा नयाँ निर्माण गरिएको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर शनिबार सुर्खेत आइपुगेका गृहमन्त्री थापाले चीनले हुम्लाको नम्खा गाउँपालिकाको लिमीमा नेपाली भूमि नमिचेको बताएका हुन् ।
‘हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको परराष्ट्र मन्त्रालयले नै स्पष्ट गरिसकेको छ,’ उनले भने,‘संचार मामाध्यम आएजस्तो चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन् ।’
अर्को प्रसंगमा उनले देशभरमा बाढीपहिरोले मानविय र भौतिक क्षति गरेकाले सुरक्षित आवास निर्माण गर्न सरकारले गृहकार्य सुरु गरेको बताए । ‘कुन ठाउँमा बढी जोखिम छ र कस्तो ठाउँमा बस्ती बसाल्दा उपयुक्त हुन्छ भनेर गृह मन्त्रालयले प्रतिवेदन तयार गरिरहेको छ,’ उनले भने, ‘प्रतिवेदनका आधारमा सुरक्षित बस्ती बसाल्ने काम हुन्छ ।’


