श्रेष्ठको राजीनामा, बुढाथोकीलाई कार्यवाहकको जिम्मा

काठमाडौँ । प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा गोपाल बुढाथोकीलाई चयन गरिएको छ । कार्याहक अध्यक्षको जिम्मेवारीबाट किशोर श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएसँगै काउन्सिल बोर्ड बैठकले बुढाथोकीलाई कार्यवाहकको जिम्मेवारी दिएको हो । पदावधि सकिन ३ दिन बाँकी रहेका बेला शुक्रबार श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् । आफूले काउन्सिल बोर्डलाई बुझाएको राजीनामा स्वीकृत भएको श्रेष्ठले जानकारी दिए ।
नवनियुक्त कार्यबाहक अध्यक्ष बुढाथोकीलाई निर्वतमान कार्यबाहक अध्यक्ष श्रेष्ठले बधाई समेत दिएका छन् । बोर्डले ऐन, कार्यविधि र सर्वोच्च अदालतको आदेश र संस्थागत स्वायत्तताको सम्मान गर्दै नयाँ जिम्मेवारीमा बुढाथोकीलाई सर्वसम्मत चयन गरेको श्रेष्ठको प्रतिक्रिया छ ।


