महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौं, जेठ ।नेपाली काँग्रेसले १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार असोज १९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो।

पार्टी केन्द्रीय कार्यालयले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बैठक अगाडि पिसिआर परीक्षणको व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरेको हुँदा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीलाई अनिवार्य रुपमा असोज १५ गते पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्