धर्म निरपेक्षता, गणतन्त्र र संघीयता विरुद्ध कलंकीमा मसाल जुलुस

काठमाडौं। नेपाली कांग्रेस (बीपी) ले संविधान दिवसको अवसरमा संविधानको कतिपय प्रावधानको बिरुद्धमा राँके जुलुस निकाल्ने क्रममा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाइ बिना शर्त रिहाई गर्न माग गरेको छ।

संविधानमा राखिएका आयातित तथा नरुचाइएको प्रावधानहरु धर्म निरपेक्षता, गणतन्त्र, संघियता खारेजीको माग गर्दै नेपाली कांग्रेस (बीपी) ले शनिवार साँझ कलङकिमा मसाल जुलुस प्रदर्शन गर्ने क्रममा सो पार्टीका केन्द्रीय सदस्य रिषभ भट्टराई, तरुण दल केन्द्रीय अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य प्रधुम्न कार्की, जीवन केसी, मानव लामा, राधा खड्का गिरि, राजकुमार तामाङ लगाएतलाई प्रहरीले पक्राउ नेपाली कांग्रेस बीपीले जनाएको छ।
प्रदर्शनकाक्रममा नेपाली कांग्रेस (बीपी) ले कुलमान घिसिङलाई पुनः नियुक्तीको माग गरेका थिए भने एमसीसी खारेज गर्न समेत माग गरेका थिए ।

