गजल



*सन्तोष हरदम मगर

माग्न जाउँ बोधको,इच्छा मेरो रोल्पामा
छदैछ चत्रुभुज,जलजला मेरो रोल्पामा

साथी सङ्ग्रामको कल्प सुनाउँदै लगौंला
उतै त छ सुनछहरी झरना मेरो रोल्पामा

बिबाङ दह हुँदै चढौला उकालो कुठिभिर
चारैतिर भेटिरन्छ हरभरा मेरो रोल्पामा

माडी,लुङ्ग्री सातदोबाटो,थबाङ घुमाउंदा
पक्कै भेटिएलान् धेरै समस्या मेरो रोल्पामा

साथि बन्दै गरेको विमानस्थल घुमाउँला
अब बांकी केके होलान् आमा मेरो रोल्पामा

*फगाम,रोल्पा (हाल पोखरा)

प्रतिक्रिया दिनुहोस्