खुम्बु पासाङल्हामु: दुधकुण्ड मध्यवर्ती सामुदायिक बनमा नयाँ नेतृत्व



– खगिन्द्रराज बास्तोला

सोलुखुम्बु, २८ भाद्र । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका अवस्थित श्री दुधकुण्ड मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिको शुक्रबार सम्पन्न साधारणसभाले दावाथुन्डु शेर्पाकोअध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

१३ सदस्यीय सो समितिको उपाध्यक्ष,सचिब,सहसचिव र कोषाध्यक्षमा क्रमशः श्रीमती आङदाली शेर्पा,आङनुरु शेर्पा,श्रीमती छिरिङपेम्बी शेर्पा,कामीनुरु शेर्पा रहेको जनाइएको छ।यसैगरी समितिमा ङिमाडोमा शेर्पा,ङवाङ तेन्जिङ शेर्पा,काल्देन ओङ्छु शेर्पा,श्रीमती कान्डु शेर्पा,ङिमाल्हामु शेर्पा,हर्क कुबिर राई,मिङ्ममा नुरु शेर्पा र ङिमासाङ्गे शेर्पा रहेको समितिले जनाएको छ।

समूहका अध्यक्ष नुर्वु ठिले शेर्पाको सभापतित्व, खुपागापा वडा नं ३ का वडा अध्यक्ष मिङमा छिरी शेर्पाको प्रमुख आतिथ्यता, चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष लाक्पाग्याल्जेन शेर्पाको विशिष्ट आतिथ्यता र सगरमाथा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत केदार कटेलको विशेष आतिथ्यता सम्पन्न सो कार्यक्रममा वार्षिक प्रतिवेदन अध्यक्ष नुर्वुठिले शेर्पाले र आर्थिक प्रतिवेदन सचीव आङनुरु शेर्पाले प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्